दुर्घटनामा परी घाइते उर्मिलाको पनि मृत्यु, मृतकको संख्या चार पुग्यो
झापा : झापाको बाह्रदशीमा सवारी दुर्घटना परी घाइते भएकी कचनकवल गाउँपालिका–३ डाकोपरा निवासी उर्मिला राजवंशीको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। गत असार २५ गते दिउँसो ३:४० बजे बाह्रदशी गाउँपालिका–१ खयरबारीस्थित भित्री सडक खण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो।
