SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ मंिर २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

विमानस्थलबाट चार किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं :त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका ३३ वर्षीय शिवकुमार चौहान रहेका छन्।ब्यूरोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखा कार्यालय गौचरणमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। बंगलादेश हुँदै बीजी–३७१ उडानमार्फत नेपाल आएका चौहानलाई शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।