SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ मंिर २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

१० औं राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ आर्मी सेमिफाइनल प्रवेश, कर्णाली बाहिरियो

काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताको महिला क्रिकेटतर्फ सहआयोजक कर्णाली प्रदेशलाई ९७ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । कर्णाली आफ्नो दोस्रो हारसँगै प्रतियोगीताबाट बाहिरिएको छ । कर्णाली यसअघि कोशी प्रदेशसँग पराजित भएको थियो ।शुक्रबार वीरेन्द्रनगर रंगशालामा भएको प्रतियोगीतामा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १३८ रन बनाएको थियो ।१३९ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ रनमै अलआउट भयो ।