SHARE
अन्नपूर्ण · शुक्रबार​ २ साउन २०८२ ११:२९ PM · 1 मिनेट पढाइ

राष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा आउनु गम्भीर विषय हो : अध्यक्ष ओली

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा आउने विषय गम्भीर रहेको बताएका छन्।च्यालस्थित पार्टी कार्यालयमा शुक्रबार बसेको पोलिटब्युरो बैठकमा उनले देशको गरिमामय पदमा पुगिसकेको व्यक्ति, नेपाली सेनाको परमाधिपति भइसकेको व्यक्ति राजनीतिमा आउनु गम्भीर रहेको ब्रिफिङ गरेका हुन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा पार्टीले उचित समयमा निर्णय लिने बताएका थिए।