आम्दानीको स्रोत बन्यो मलमूत्रको फोहोर
बुटवल : जथाभावी फालिने फोहोर पछिल्लो समय सहरका प्रमुख चुनौतीका रूपमा देखा परिरहेको बेला बुटवलमा त्यसलाई प्रशोधन गरेर यहाँका उद्यमीहरूले भरपर्दो आम्दानीको स्रोत बनाइरहेका छन्। मलमूत्रमात्र होइन्, उनीहरूले वनै मासिरहेको वनमाराको समेत उचित सदुपयोग गरेका छन्।बुटवल उपमहानगरपालिका–१० स्थित रामनगर सामुदायिक वनमा बुटवल सेनिटरी प्रालिअन्तर्गत नेपाल बायो कम्पोस्टले फोहोरलाई भरपर्दो आम्दानीको स्रोतको रूपमा उपयोग गर्दै जैविक मल उत्पादनको काम गरिरहेको हो।