साहित्य जनताका लागि हुनुपर्छ: नारायणमान बिजुक्छे
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले साहित्य जनताको लागि हुनुपर्ने बताएका छन्। आफ्नो पुस्तक जेलका चिठीहरु नामक पुस्तकको अंग्रेजी संस्करण शुक्रबार भक्तपुरमा विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन्।साहित्य जनतालाई जगाउने माध्यम हुनुपर्ने उनको भनाइ थियो। जनतालाई जगाउन साहित्य पनि हतियार हुनसक्ने उनको भनाइ थियो। त्यसकारण साहित्यमार्फत जनतालाई बुझाउने हुनुपर्ने उनले जनाए।
