SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ मंिर २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

कर्पोरेट ब्याडमिन्टनका विजेताको पुरस्कार घोषणा

काठमाडौं : १०औं संस्करणको अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताका विभिन्न विधाका विजेतालाई १३ लाख ३९ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ। आगामी पुस १ देखि ४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताका विजेतालाई प्रदान गरिने पुरस्कार राशि आयोजक अन्नपूर्ण मिडिया नेटवर्कले शुक्रबार सार्वजनिक गरेको हो। कर्पोरेट ब्याडमिन्टनअन्तर्गत राष्ट्रिय प्रतियोगितातर्फको पुरुष तथा महिला एकलका विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्।