SHARE
अन्नपूर्ण · शुक्रबार​ २ साउन २०८२ ११:२९ PM · 1 मिनेट पढाइ

चाइनिज पेस्तोलसहित सुर्खेतमा २ जना पक्राउ

सुर्खेत : सुर्खेतमा चाइनिज पेस्तोल र गोलीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई बिहीबार राती वीरेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर–८ का २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे छन्।वीरेन्द्रनगरस्थित कृष्ण मन्दिर नजिक ठूलो मात्रामा लागुऔषध तथा हातहतियार रहेको सूचना स्थानीय बासिन्दाले प्रहरीलाई दिएका थिए। उक्त सूचना पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो।