SHARE
अन्नपूर्ण · शुक्रबार​ २ साउन २०८२ ११:२९ PM · 1 मिनेट पढाइ

लामखुट्टेजन्य रोगबाट जोगिऔं

अव्यवस्थित सहरीकरण, सावधानीमा कमी तथा मौसम परिवर्तनका कारण डेंगु, औलो, कालाजार, हात्तीपाइलेलगायतका कीटजन्य रोग दिनप्रतिदिन बढ्दै र प्रकोपको रूप लिँदैछ । जनस्वास्थ्यका दृष्टिले रोगको उपचारभन्दा नियन्त्रण महत्वपूर्ण रहन्छ । जसका लागि लामखुट्टेको बासस्थान, जीवनचक्र, सार्ने कीटाणुका प्रकार, स्वरूप आदिका बारेमा गहन अनुसन्धान हुनु पर्दछ ।संसारभर लामखुट्टेको टोकाइबाट हरेक वर्ष १० लाखभन्दा बढी मानिसको मृत्यृ हुने गरेको छ जस्को अधिकांश हिस्सा औलोले लिने गरेको छ ।