गुल्मीको रेसुंगामा साउने मेला
गुल्मी : गुल्मी जिल्लाको प्रसिद्ध धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थल रेसुंगामा साउने मेला सुरु भएको छ। साउने संक्रान्तिदेखि सुरु भएको साउने मेला एक महिनासम्म चल्ने गर्छ। मेला सुरु भएलगत्तै रेसुंगा क्षेत्रमा पुग्ने मन्दिरमा पूजा, आराधना र पोखरीमा स्नान गर्ने श्रद्धालुहरूको संख्या दैनिक बढ्दो छ। प्रत्येक वर्षजस्तै यस वर्ष पनि साउनको पहिलो दिनदेखि रेसुंगामा स्नान तथा दर्शन गर्न श्रद्धालुहरूको घुइँचो लाग्ने गरेको रेसुंगा संरक्षण समितिले जनाएको छ। अहिले रेसुंगा क्षेत्र भक्तजनका कारण चहलपहल छ।
