१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
काठमाडौं । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । टोखा नगरपालिका- १ सिमाचौर डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २० वर्षीय राहुल कुमार ठाकुरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
