अर्थ मन्त्रालयद्वारा खर्च कटौती गर्न सबै तहका कार्यालयलाई सर्कुलर
काठमाडौं । अर्थ मन्त्रालयले खर्च कटौती र आर्थिक मितव्ययिता कायम गर्न सरकारका सबै तहका कार्यालयहरूलाई सर्कुलर पठाएको छ । मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनको अवस्था र प्रगति विवरण माग्दै असोज अन्तिम साता यो सर्कुलर पठाएको हो । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार प्राप्त विवरणका आधारमा सरकारले आवश्यक नीति र निर्णय अघि बढाएको हो ।
