अनर एक्स६सी नेपालमा सार्वजनिक
काठमाडौं : अनरले नयाँ स्मार्टफोन अनर एक्स६सी नेपालमा सार्वजनिक गरेको छ। सुरुवाती लन्च उत्सवको अवसरमा अनर एक्स६सी को खरिदमा ४ हजार बराबरको अनर एक्स७ई एक्टिभ इयरबड्स निःशुल्क पाउन सकिनेछ। यो अफर साउन १५ गतेसम्म मात्र लागू हुने छ। कम्पनीले अनर आउटलेट वा अधिकृत स्टोरमा गएर फोन खरिद गर्न आग्रह गरेको छ। यसमा १.५ मिटर ड्रप रेसिस्टेन्स, आईपी६४ सुरक्षा र एआई एक्सन बटन जस्ता विशेषताहरू छन्।
