सामुदायिक विद्यालयका १४० शिक्षक शिक्षिकालाई सम्मान
वीरगन्ज : पर्साको कलिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ठ गुप्ताले सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरूलाई सम्मान गरेका छन्।शुक्रबार कालिकामाई गाउँपालिका–१ मुड्लीस्थित जनता मावि परिसरमा एक कार्यक्रम आयोजना गरेर गाउँपालिका अध्यक्ष गुप्ताले १ सय ४० जना शिक्षक–शिक्षिकालाई सम्मान गरेका हुन्। अध्यक्ष गुप्ताले शिक्षक–शिक्षिकाहरूलाई हाते ब्याग, डायरी, कलम र प्रमाणपत्र प्रदान गरेर सम्मानित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले जानकारी दिए।
