डाँडा क्षेत्रमा सफाइ गर्ने क्रममा भीरबाट लडेर मजदुरको मृत्यु
रसुवा : आमाछोदिङमो गाउँपालिका–५ स्थित सालासुङ्गी जलविद्युत आयोजनाको सडकमा काम गर्ने कार्यरत एक मजदुरको मृत्यु भएको छ। पाजुङ कालो डाँडा क्षेत्रमा सफाइ गर्ने क्रममा भीरबाट ४ सय मिटर तल झरेर एक मजदुरको मृत्यु भएको छ। १ गते काममा निस्केको तर सम्पर्क नआएको शुक्रबार लास भेटेको आफन्तले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मृत्यु हुनेमा सोही गाउँपालिका–५ ब्राजोम गाउँका ४७ वर्षीय सोनाम दोर्जे तामाङ रहेका छन्।
