एक वर्षमा २९ करोडको तस्करीको सामान बरामद
वीरगन्ज : पर्सामा सशस्त्र प्रहरीले एक वर्षमा झण्डै २९ करोड रुपैयाँ बराबरको तस्करीको (भन्सार राजस्व छलेर भित्र्याइएको) सामग्री बरामद गरेको छ।सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले वीरगन्ज नाकासहित पर्साका विभिन्न स्थानबाट गत आर्थिक वर्ष २०८१/८२ मा भारतबाट भन्सार राजस्व छलेर भित्र्याइएका कपडा, हार्डवेयर, मोटर पार्टस्, औषधि लगायतका गरी २८ करोड ९२ लाख ५० हजार १९९ रुपैयाँ बराबरका सामान बरामद गरेको हो।
