२० दिनदेखि भद्रपुर भन्सारको कारोबार ठप्प, वार्षिक राजस्व असुलीमा गिरावट
झापा : झापास्थित भद्रपुर भन्सार कार्यालयको कारोबार ठप्प बनेको छ। भारततर्फको गलगलिया भन्सार कार्यालयको प्राविधिक समस्या कारण भद्रपुर भन्सार कार्यालयको यात्रु शाखा बाहेकका सम्पूर्ण कारोबार ठप्प बनेको हो। विगत २० देखि कारोबार ठप्प हुँदा करिब दुई करोड रुपैयाँ भन्दा बढी राजस्व गुमेको भन्सार प्रमुख अर्जुनकुमार सिटौलाले जानकारी दिए। गलगलिया भन्सारले अनलाइन सफ्टवेयर प्रणाली जडान गर्दै भन्सार हाउस एजेन्ट (सीएचए) अनिवार्य लागू गरेपछि त्यसको असर भद्रपुर भन्सारमा परेको भन्सार प्रमुख सिटौलाले बताए।
