क्रिकेटका २० खेलाडीलाई भारतमा प्रशिक्षण
काठमाडौं : आइसीसी टी-२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षण शिविरका लागि नेपाली टोली भारत जाने भएको छ।जुलाई २१ देखि अगष्ट ३ तारिखसम्म भारतको बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा प्रशिक्षण शिविर आयोजना गरिने उक्त शिविरमा २० खेलाडी सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।क्यानका अनुसार उक्त शिविरका लागि नेपालस्थित भारतीय दूतावासले समन्वय र भारतीय क्रिकेट बोर्ड (बिसिसीआइ)ले सहयोग गरेको हो।
