आइएमई पे र खल्तीको एकीकृत सेवा सञ्चालनमा
काठमाडौं : आइएमई पे र खल्ती वालेट मर्ज भई आज साउन १ गते बिहीबार देखि ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ।आज काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को अनुमति पत्र प्रदान गरी मर्जरको औपचारिकता दिए। डेपुटी गभर्नर मिश्रले भुक्तानी प्रणालीको डिजिटाइजेशनलाई यो मर्जरले थप गति दिने विश्वास व्यक्त गरे।
