SHARE
लोक पथ · बुधबार ५ कात्िक २०८२ ०९:४७ AM · 1 मिनेट पढाइ

अमेरिकाबाट दसैँ–तिहार मनाउन आएका छोरा बुहारीमाथि बाबुले गरे खुकुरी प्रहार, दुवै जना घाइते

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीस्थित भीमबारी टोलमा बुधबार बिहान एक पुरुषले आफ्नै छोरा र बुहारीमाथि खुकुरी प्रहार गर्दा दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार ५३ वर्षीय विष्णु उप्रेतीले घरायसी विवादका क्रममा आफ्ना छोरा ३२ वर्षीय रुविस उप्रेती र बुहारी मनिता भण्डारीमाथि खुकुरी प्रहार गरेका हुन् ।