SHARE
पर्दाफास · बुधबार १९ कात्िक २०८३ ०४:२४ PM · 1 मिनेट पढाइ

द पोस्टकार्ड होटल नेपालमा विस्तार हुँदै, राप्ती नदी किनारमा ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ सञ्चालनमा आउने

अन्तर्राष्ट्रिय लक्जरी होटल ब्रान्ड ‘द पोस्टकार्ड होटल’ले नेपालमा आफ्नो सेवा विस्तार गर्ने भएको छ। ब्रान्डले चितवनको राप्ती नदी किनारमा ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ नामक लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउन लागेको हो। होटल नोभेम्बर २०२६ मा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।