‘मिनि संसदमा’ उठ्यो पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरण
नेपाली कांग्रेसकी सांसद नीनुकुमारी कर्णले पत्रकारमाथिको धरपकड तथा बिचौलिया इनम सापकोटासँग न्यायाधीश जोडिएको प्रकरणमा छानबिन समिति गठन गरी अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् ।
