SHARE
पर्दाफास · बुधबार १९ कात्िक २०८३ ०२:१० PM · 1 मिनेट पढाइ

विश्वप्रकाश शर्माले भने- ‘सरकारकै नियन्त्रणमा रहेका व्यक्तिको बयानबाट कांग्रेसलाई बदनाम गर्न खोजियो’

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको नियन्त्रणमा रहेका व्यक्तिका कथित बयान र अडियो सार्वजनिक गर्दै कांग्रेस नेतृत्वलाई बदनाम गर्न खोजिएको आरोप लगाएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले सरकारकै नियन्त्रणमा रहेका व्यक्तिबाट रेकर्ड गराइएका भनिएका सामग्री किस्ताबन्दीमा सार्वजनिक गरिनुले तिनको विश्वसनीयतामाथि प्रश्न उठाएको बताएका हुन् ।