SHARE
पर्दाफास · सोमबार १७ कात्िक २०८३ ०३:५५ PM · 1 मिनेट पढाइ

इनम सापकोटा प्रकरणमा मुछिएका न्यायाधीशबारे तथ्य संकलन गर्न बारद्वारा समिति गठन

नेपाल बार एसोसिएसनले इनम सापकोटाको ह्वाट्सएप सन्देश प्रकरणमा नाम जोडिएका न्यायाधीशहरूका सम्बन्धमा तथ्य संकलन तथा अध्ययन गर्न ६ सदस्यीय समिति गठन गरेको छ। बारले आफ्ना पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरी प्रकरणसँग सम्बन्धित तथ्य संकलन र प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको हो।