SHARE
पर्दाफास · सोमबार १७ कात्िक २०८३ ०३:५७ PM · 1 मिनेट पढाइ

भारतका विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउँदै

भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा मिस्रीले यही कात्तिक १८ र १९ गते नेपालको भ्रमण गर्न लागेका हुन्। भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबीच द्विपक्षीय वार्ता हुनेछ।