निर्वाचनपछि इजरायली जनता सडकमा, अरब दलसहितको सरकार बनाउन माग
काठमाण्डु – इजरायलमा अरब दललाई समेत सहभागी गराएर नयाँ सरकार गठन गर्न माग गर्दै हजारौं मानिस सडकमा उत्रिएका छन्। शनिबार साँझ तेल अभिभसहित विभिन्न सहरमा प्रदर्शन भएको हो। यसको विरोधमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका करिब दुई सय समर्थकले पनि तेल अभिभमै छुट्टै प्रदर्शन गरेको छन्।
