SHARE
पर्दाफास · शनिबार १५ कात्िक २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

नेपाल तरुण दलको अध्यक्षमा दिल लामा मनोनीत

नेपाली कांग्रेसले नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनीत गरेको छ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले कात्तिक १२ गतेको मितिमा लामालाई अध्यक्ष पदमा मनोनीत गरेको पत्रमार्फत जानकारी गराएको हो । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम उनलाई अध्यक्ष पदमा मनोनीत गरिएको पत्रमा उल्लेख छ ।