पानी तर्काउने ड्रेन प्रणाली पुरानो हुँदा त्रिवि रंगशाला जलमग्न, खेल प्रभावित
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालालाई गत वर्ष प्यारापिटसहित स्तरोन्नती गरिएपनि मैदानमा परेको पानी तर्काउने ड्रेन पुरानै भएका कारण मैदान र वरीपरीको भाग समेत जलमग्न हुन पुगेको छ । शुक्रबारदेखि भइरहेको वर्षाका कारण मैदानमा प्यारापिट तर्फबाट बगेको पानी समेत छिरेपछि आजका लागि तय भएका खेलहरु प्रभावित हुन भएका छन् ।
