SHARE
पर्दाफास · शनिबार १५ कात्िक २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

नेपालमा चक्रवातको प्रभाव कमजोर हुँदै, भोलिदेखि सुधार हुने

देशभर सक्रिय रहेको न्युन चापीय प्रणालीको प्रभाव कमजोर हुँदै गएपछि शनिवार दिउँसोदेखि नेपालको मौसममा क्रमिक सुधार आउने भएको छ । केही दिनयता भारी वर्षा गराइरहेको उक्त प्रणालीका कारण जनजीवन प्रभावित बने पनि आगामी २४ घण्टाभित्र मौसममा थप सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।