SHARE
पर्दाफास · बिहीबार १३ कात्िक २०८३ ०२:४० AM · 1 मिनेट पढाइ

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले दुर्घटनामा परी बहुमूल्य जीवन गुमाएको खबरले नेपाल सरकारलाई दुःखी बनाएको जनाएको छ । मन्त्रालयले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।