SHARE
पर्दाफास · बिहीबार १३ कात्िक २०८३ ०२:०५ AM · 1 मिनेट पढाइ

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न

मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ । सबस्टेसनलाई कात्तिक १४ गते शनिबार र १५ गते आइतबार चार्ज गर्ने गरी काम अगाडि बढाइएको छ ।