सुदूरपश्चिम रोयल्समा श्रीलंकाका अलराउन्डर रथनायके अनुबन्ध
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि श्रीलंकाका अलराउन्डर थरिन्दू रथनायकेलाई टोलीमा अनुबन्ध गरेको छ । ३० वर्षीय रथनायके बायाँहाते ब्याटर हुन् । उनी दायाँ र बायाँ दुवै हातले बलिङ गर्न सक्छन् । यही क्षमताले उनलाई अन्य स्पिनरभन्दा फरक बनाएको छ ।
