लामो कानुनी सङ्घर्षपछि एभरेष्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६ करोड ३६ लाखभन्दा बढी बक्यौता रकम
धनुषा । एभरेष्ट पेपर मिल्स प्रालिका १७४ जना श्रमिकले लामो कानुनी तथा प्रशासनिक सङ्घर्षपछि आफूले पाउनुपर्ने सेवा सुविधा र पारिश्रमिकबापतको ६ करोड ३६ लाख ६२ हजार ८०३ रुपैयाँ ३८ पैसा भुक्तानी पाएका छन्।
