SHARE
अन्नपूर्ण · मङगलबार ११ कात्िक २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

सेयर बजारमा सामान्य अंकको वृद्धि,५ अर्ब ७९ करोडमाथिको कारोबार

काठमाडौं : सेयर बजारमा आज सामान्य अंकको वृद्धि भएको छ। मंगलबार नेप्से परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ विन्दुमा उक्लिएको हो। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२  विन्दुमा अडिएको थियो।  सो दिन ४ अर्ब २४ लाख बराबरको सेयर कारोबार भएको थियो।परिसूचक सामान्य अंकले बढ्दा कारोबार रकम पनि सोमबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३६० वटा स्क्रिप्सको १ करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर ५ अर्ब ७९ करोड ९३ लाख  ३० हजार २०३ रुपैयाँमा खरिदबिक्री भए।