SHARE
अन्नपूर्ण · मङगलबार ११ कात्िक २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि हुने

काठमाडौं : १९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि ललितपुरमा आयोजना हुने भएको छ।फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले मगंलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तिहार तथा छठ पर्वलाई लक्षित गरी कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेल खेलमैदानमा १९औं संस्करणको गोदावरी फूल प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएको हो। गोदावरी फूलको व्यावसायिक उत्पादन, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा ८६ वटा स्टल रहने आयोजकले जनाएको छ।