SHARE
अन्नपूर्ण · मङगलबार ११ कात्िक २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

पार्टीलाई एकढिक्का बनाउन विशेष संवाद अभियान सञ्चालन गर्छौं  : सभापति थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष संवाद अभियान सञ्चालन गरिने बताएका छन्। मङ्गलबार बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको सम्मान कार्यक्रममा सभापति थापाले आन्तरिक प्रतिस्पर्धाको तिक्तता छाडेर पार्टीसँग टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न कांग्रेसले विशेष संवाद अभियान सञ्चालन गर्ने बताएका हुन्। उनले पार्टीको आन्तरिक निर्वाचनलाई स्वाभाविक रूपमा लिनुपर्ने उल्लेख गरे।