बुढीगण्डकीमाथि फड्के निर्माण, हुलचुकका बासिन्दालाई आवतजावतमा सहज
गोरखा : बुढीगण्डकी नदीमा बाढीका कारण नाकाबन्दीको अवस्थामा गुज्रिरहेका धार्चे गाउँपालिका वडा नं.१ हुल्चुकका बासिन्दा त्यो अवस्थाबाट मुक्त भएका छन्। गत असोज २५ गते बूढीगण्डकीमा आएको भीषण बाढीपछि मुख्य पदमार्गसँग सम्बन्ध विच्छेद भएका स्थानीय दुई सय घरधुरीका बासिन्दा सोमबार काठेपुल(फड्के) बनेपछि आवतजावत गर्न थालेका हुन् ।धार्चे वडा नं. १ हुल्चुक र धार्चे ३ उहिया खोत्राङ जोड्ने गरी फड्के बनाएर अस्थायी रुपमा आवतजावत सहज बनाइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।
