नगरपालिकाका तत्कालीन नगर प्रमुख,उपप्रमुखसहित सातजनाविरुद्ध करोड बढीको भ्रष्टाचार मुद्दा
काठमाडौं :अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिराहाको गोलबजार नगरपालिकाका तत्कालीन नगर प्रमुख देवनाथ साहु तेली,उपप्रमुख रेशम कुमारी थापासहित सातजनाविरुद्ध भ्रष्टाचार मु्द्दा दायर गरेको छ।आयोगले नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८/०७९ मा पशु हाटबजार,बाख्रा हाटबजार र गुदरी हाटबजारसम्बन्धी ठेक्का विवादित व्यक्तिलाई दिइ रकम हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।
