सिद्धार्थ बैंकद्धारा सेयर धितो कर्जाको लागि अनलाइन आवेदन सुविधा सञ्चालनमा
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुको तत्कालको वित्तिय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यका साथ सेयर धितो कर्जाको लागि अनलाइन आवेदन सेवा संचालनमा ल्याएको छ। जस अन्तर्गत गाह्रकहरुले आफ्नो सेयरहरु धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन्। यस सेवा अन्तर्गत बैंकको मोबाइल बैंङ्गिक एप -BankSmart XP >Easy Loan> Loan Services>Loan Against Share_मार्फत सेयर धितो कर्जाका लागि सजिलै अनलाइन आवेदन दिन सकिनेछ ।
