SHARE
अन्नपूर्ण · मङगलबार ११ कात्िक २०८३ १०:०० PM · 1 मिनेट पढाइ

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो युजेन भोल्जले शिष्टाचार भेटवार्ता गरेका छन्।मगंलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उनले उपराष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्।भेटका अवसरमा नेपाल–जर्मनी सम्बन्धका विविध आयाम, विकास सहकार्य, विपद् व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ।