लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ पक्राउ
भैरहवा : रुपन्देही प्रहरीले लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । लुम्बिनी बिकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयको विरोध गरेका कारण घरमा सुतिरहेको अवस्थामा मध्यरातमा प्रहरीले संयोजक खाँलाई पक्राउ गरेर लगेको महाअभियानका सहसंयोजक रामविकास चौधरीले बताए ।कोषको उपाध्यक्षामा डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध महाअभियानले लुम्बिनीमा निरन्तर विरोध गर्दै आएको छ ।
