दुई कम्पनीले बुधबार बुक क्लोज गर्दै, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको प्रस्तावित लाभांश प्राप्त गर्न शेयरधनी कायम हुने आज अन्तिम दिन रहेको छ। दुवै कम्पनीले बुधबार अर्थात् कात्तिक ११ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने (बुक क्लोज) निर्णय गरेकाले आजसम्म शेयरधनी कायम हुने लगानीकर्ताले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
