एनपीएल : आज दुई खेल हुँदै
काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिन आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न १२ :३० बजे विराटनगर किङ्ग्स र चितवन राइनोज तथा दिउँसो ४ :३० बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।
