क्रिकेटप्रेमीको उत्साह बढाउन एक्स्ट्रिमले सार्वजनिक गर्यो ‘एन्थम’
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को क्रिकेटमय माहोललाई थप रोमाञ्चक बनाउन एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम एन्थम’ सार्वजनिक गरेको छ। क्रिकेटप्रेमीको उत्साह, खेलप्रतिको जोश र समर्थकहरूको भावनालाई संगीतमार्फत प्रस्तुत गर्ने उद्देश्यले तयार पारिएको एन्थमले युवा पुस्तालाई लक्षित गरेको छ।
