SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८३ १२:०० PM · 1 मिनेट पढाइ

दसैं बिदापछि खुल्यो सेयर बजार, प्रि-ओपन सेसनमा ३.३२ अंकले घट्यो

काठमाडौं : दसैं बिदापछि सोमबारदेखि सेयर बजार खुलेको छ।  प्रि-ओपन सेसनमा नेप्से परिसूचक नकारात्मक देखिएको छ। परिसूचक ३.३२ अंकले घटेर २६३०.८४ विन्दुमा पुगेको हो।प्रि-ओपन सेसनमा ८६ वटा कम्पनीका ९ हजार ७६२ कित्ता सेयर ३५ लाख ५१ हजार ३०९ रुपैयाँमा खरिदबिक्री भएका छन्। कारोबारमा आएका कम्पनीमध्ये १६ वटाको सेयर मूल्य बढेको छ भने ३४ वटाको घटेको छ।बाँकी ३० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।