देवीघाटको विलाप, राज्यको बेवास्ता
८९ वर्षीया आमा र जन्मैदेखि दृष्टिविहीन उनका ६५ वर्षीय छोरा । ८३ वर्षीय वृद्ध र उनकी ७९ वर्षीया श्रीमती । चारै जना चार घण्टाभन्दा बढी हिलोमा फसे । ज्यान जोगिने अनिश्चितताबीच उद्धारका लागि हारगुहार गरिरहे । गत भदौ १० गते लेदो र भग्नावशेषसहितको भोटेकोशी–त्रिशूली बाढी नुवाकोटको देवीघाटस्थित वृद्धा श्रमभित्र पस्यो । वृद्ध दम्पतीमध्ये पोस्टबहादुर प्याकुरेल मेरो छिमेकी गाउँ नुवाकोट हिलेका हुन् । संयोगवश चारै जना बाँच्न सफल बने ।
