जुवा खेलिरहेको अवस्थामा चार लाख नगदसहित आठजना पक्राउ
सुनसरी : सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र सात बुङ तास बरामद गरेको प्रहरीले जनाएको छ।इटहरी उपमहानगरपालिका–४ शान्ति चोकस्थित द ईस्टन होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आइतबार राति छापा मारेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
