माधव नेपालको चुनौती- पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छ
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन् । अभियानको शुभारम्भ कार्यक्रममा उनले विगत ३५ वर्षमा केही भएन भन्नेहरुलाईलाई उक्त चुनौती दिएका हुन् । उनले मनोगत ढङ्गले आरोप लगाएर मात्रै नहुने बताए।
