SHARE
पर्दाफास · शनिबार ८ कात्िक २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

देशको स्वाभिमानमा आँच आए टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशको स्वाभिमानमा आँच पुर्‍याउने काम हुँदा आफूहरू टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । दुई महिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा उनले राष्ट्रिय हितमा आघात पुग्ने र देशको स्वाभिमानमा आँच आउने गतिविधिलाई स्वीकार गर्न नसकिने बताएका हुन् ।