SHARE
अन्नपूर्ण · शनिबार ८ कात्िक २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

नेकपाको राष्ट्रिय जागरण अभियान आजदेखि

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आजदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै छ। दिउँसो २ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियान उद्घाटन गर्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । ज्वालाका अनुसार संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको सम्बोधन कार्यक्रम रहेको छ। असोज २३ गते बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले अभियानसम्बन्धी कार्यविधि पारित गरेको थियो।